Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिपिन जोशीको न्यायको लागि इजरायल पुगेकी आमा र बहिनी फर्किए देश

बिपिन जोशीको न्यायको लागि इजरायल पुगेकी आमा र बहिनी फर्किए देश

बिपिन जोशीको न्यायको लागि इजरायल पुगेकी आमा र बहिनी मन भरि पार्दै नेपाल फर्किएका छन ।छोरालाई संगै लिएर आउने सपना भने अझै पुरा हुन सकेन ।दुबैलाई विमानस्थल सम्म समाजसेवी सुनिता गुरुङको टिमले बिदाई गर्न आएका थिए ।

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी न्याय  इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका थिए ।

नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डितले आइतबार राष्ट्रपतिसँग भेटवार्ता गराएका हुन् ।

 

भेटका क्रममा इजरायली राष्ट्रपतिसँग विपिनकी आमा पद्माले छोराको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरिन् ।

बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोगसँग आफ्नो दाई विद्यार्थीका रुपमा आएको र निदोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरिन् ।