Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रवि निर्दोष छन भन्न नसकिने आईजीपी दिपक थापाको दाबी,जीबी मलेसियामा रहेको सूचना !

रवि निर्दोष छन भन्न नसकिने आईजीपी दिपक थापाको दाबी,जीबी मलेसियामा रहेको सूचना !

काठमाडौँ । आईजीपी दिपक थापाले रवि लामिछाने निर्दोष नै हो भन्न नसकिने बताएका छन । एक अन्तरवार्तामा बोल्दै थापाले सहकारी ठगी प्रकरणमा लामिछाने निर्दोष नै छन भन्न नसकिने बताएका हुन ।

थापाले अनुसन्धानको अन्तिम निर्णय अदालतले गर्ने भए पनि प्रहरीले आफ्नो जिम्मेवारी अनुसार प्रमाण संकलन गरेरै मुद्दा अगाडि बढाएको बताएका छन ।  आईजीपी दिपक थापाले जीबी राईलाई समात्न इन्टरपोल बाहेक ‘माथिल्लो तह’ बाट समेत पहल भइरहेको जानकारी दिएका छन ।

राई मलेसियामा रहेको सूचना प्रहरीसँग रहेको र उनलाई पक्राउ गर्न रेड कर्नर नोटिससमेत जारी भइसकेको बताएका हुन । राईलाई पक्राउ गरी नेपाल ल्याउने प्रयास विभिन्न चरणमा अघि बढिरहेको बताएका छन ।