काठमाडौं । एनपीएलको दोस्रो संस्करणको मिति घोषणा भएको छ । क्यानले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर १ देखि डिसेम्बर १३ मंसिर २८ सम्म हुने जानकारी दिएको हो ।
उक्त संस्करणका लागि मिनि अक्सन सकिएको छ । टीमहरूले विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।