Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नायक पल शाह र ‘मोहर’ को यात्राः फ्यानको माया र नयाँ उचाइ

नायक पल शाह र ‘मोहर’ को यात्राः फ्यानको माया र नयाँ उचाइ

आजको दिन नायक पल शाहका लागि फेरि एक पटक विशेष रह्यो । लामो समयदेखि निराशाको श्रृङ्खलामा रहेका शाहलाई उनका फ्यान क्लबका सदस्यहरूले बेहुला झैँ सिँगारेर हलमा स्वागत गरे । दुबोको हरियो माला र उत्साहको माहोलमा शाह मात्र होइन, नायिका बेनिशा हमाल र नायिका नित्ति शाह पनि फ्यानहरूको मायाले सजिएका देखिए ।

शाह अभिनीत चलचित्र मोहर आजबाट तेस्रो हप्तामा प्रवेश गरेको छ । यो सफलता शाहका लागि केवल एउटा चलचित्रको मात्र नभई, फेरि नयाँ उचाइमा उक्लिने संकेतको रूपमा लिइएको छ । लगातार केही चलचित्र असफल भएपछि निराश बनेका शाहलाई मोहर ले हलमा पुनः दौडधुप गराउने अवसर दिएको छ । शाह आफैंले पनि यो स्तरको सफलता हुने अपेक्षा नगरेको बताए, तर दर्शकको साथले उनलाई फेरी स्टारडमको स्वाद चखाइदिएको छ ।

विशेषज्ञहरू भन्छन्, मोहर को सफलताले नेपाली सिनेमामा फ्यान कल्चर कत्तिको बलियो छ भन्ने देखाएको छ । शाहप्रतिको दर्शकको भावनात्मक नाता नै उनको पुनरागमनको प्रमुख आधार बनेको छ ।

यति मात्र नभई, शाह अहिले आफ्नै निर्माणमा ‘यानीमाया’ नामक चलचित्र तयार गर्दैछन् । यस चलचित्रको तयारी व्यापक रूपमा भइरहेको छ र यसले शाहको करिअरलाई अझ मजबुत पार्ने विश्वास गरिएको छ ।

सिनेमामा उतारचढाव त सामान्य कुरा हुन्, तर मोहर को यात्राले शाहलाई नयाँ ऊर्जा दिएको छ । दर्शकको माया, फ्यानहरूको समर्थन र आफ्नो अथक मेहनतका कारण पल शाह फेरि पनि नेपाली फिल्म उद्योगमा चम्किने संकेत स्पष्ट देखिन थालेको छ ।