Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भारतीय राजदूतावास अगाडीनै लिपुलेक सम्झौताविरुद्ध युवाहरुको राके जुलुश

भारतीय राजदूतावास अगाडीनै लिपुलेक सम्झौताविरुद्ध युवाहरुको राके जुलुश

भारत र चीनबीच भएको लिपुलेक सम्झौताप्रति आपत्ति जनाउँदै नेकपा एमाले निकट अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) ले आज साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

lafada.jpg

मसाल जुलुस काठमाडौंको विभिन्न स्थान हुँदै भारतीय राजदूतावास अगाडि पुगेको थियो । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले “लिपुलेक हाम्रो हो”, “राष्ट्रघाती सम्झौता खारेज गर”, “भारतीय विस्तारवाद मुर्दावाद” जस्ता नारा लगाएका थिए ।

andolan-lipulek.jpg

अनेरास्ववियुका विद्यार्थीहरूले लिपुलेक सम्झौता नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि धक्का दिने खालको भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरूले सरकारले पनि यस विषयमा स्पष्ट अडान लिनुपर्नेमा जोड दिएका थिए ।

lipulek-nepal.jpg

प्रदर्शनलाई नियन्त्रण गर्न सुरक्षाकर्मीको ठूलो उपस्थिति भारतीय दूतावास वरपर देखिएको थियो । झडप नहोस भन्ने उद्देश्यले प्रहरीले कडाइका साथ सुरक्षा व्यवस्था मिलाएको भए पनि विद्यार्थीहरूले शान्तिपूर्ण तरिकाले आफ्नो आक्रोश प्रकट गरेका थिए ।