Shares
Shares
काठमाडौँ ।लालीगुराँस डटकमकि प्रधानसम्पादक सम्झना धमला सम्मानित भएकी छिन। म्युजिक खबर कला सम्मान धमलाको हातमा परेको छ ।झन्डै आधा दशक लामो पत्रकारिता यात्रा तय गरेकी धमलाले रेडियो टेलिभिजन हुँदै हाल लालीगुराँस डटकमको प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्दै आएकी छिन।सानो उमेरमै अब्बल प्रतिभा भएकी धमलाले सयौं कलाकारको बिचमा सम्मान प्राप्त गरेकी हुन्।ओखलढुंगामा जन्मिएकी धमला सानै देखि पत्रकारितालाई रुची राख्ने गर्थिन।पढाइ र पत्रकारिता धमलाले सगसंगै अगाडी बढाएकी छिन।

सोहि बीचमा १५० भन्दा बढी गीतलाई समेटेर बिहीबार काठमाडौँमा ‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ आयोजना गरेको छ । समारोहमा विभिन्न २१ विधामा अवार्ड प्रदान गरेको छ।
सोही समारोहमा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई म्युजिक खबर विशिष्ट नारी सम्मान प्रदान गरिएको थियो । त्यस्तै लोकप्रिय अभिनेत्री दीपाश्री निरौला र वरिष्ठ गायिकाद्वय मन्जु थापा र हरिमाया गुरुङलाई नारीरत्न सम्मान प्रदान गरिएको थियो । त्यस्तै सम्झना धमला संगै राधिका अधिकारी र विनिता कुँवर क्षेत्रीलाई म्युजिक खबर कला सम्मान प्रदान गरिएको थियो । त्यस्तै सौन्दर्यकर्मी सानु थापा, निकिता पाण्डे, करुणा श्रेष्ठलाई म्युजिक खबर सौन्दर्यकर्मी सम्मान प्रदान गरियो भने मन्जु सिंह र गंगा पन्थलाई समाजिक सेवा सम्मान प्रदान गरियो । त्यस्तै मनुकुमारी पन्तलाई संगीत व्यवसायी सम्मान प्रदान गरियो भने पूजा क्षेत्रीलाई म्युजिक खबर गायन सम्मान प्रदान गरियो ।

संघीय सांसद रेखा यादव, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अवार्डका अध्यक्ष सबिता पोखरेल, बिजी बैंकटका संचालक उज्ज्वलजंग ठकुरी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र वरिष्ठ पत्रकार शान्तिप्रियले समारोहमा विभिन्न कलाकारलाई सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा सर्वोत्कृष्ट तीज दोहोरी गायकको अवार्ड ‘म त माइत जाने हो’बाट प्रकाश कटुवालले र तीज दोहोरी गायिकाको अवार्ड ‘नाच्छु म बुरुक बुरुक’बाट मधु रसाइलीले हासिल जिते । सर्वोत्कृष्ट मौलिक तीज गीत गायिकाको अवार्ड ‘नाच्छ भने नाच्न दे’गीतबाट सरिता भारतीले हासिल गरिन भने सर्वोत्कृष्ट मौलिक तीज संगीतको अवार्ड ‘किन्दिने हो कल्ले ?’ गीतबाट दीपक शर्माले पाए । सर्वोत्कृष्ट मौलिक तीज गीत शब्दको अवार्ड ‘आमा र माइतीको माया’बाट दीपक घिमिरेले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज दोहोरी संगीतको अवार्ड ‘कस्की छोरी होला’बाट सचिन भट्टराईले थापे ।
यस्तै सर्वोत्कृष्ट गीत संयुक्त गायनको अवार्ड ‘सासूको तीज’ गीतबाट सुजाता केसी÷एलिना चौहानले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज दोहोरी शब्दको अवार्ड ‘सम्पत्ति कमाउन’बाट विष्णु न्यौपानेले पाए ।

समारोहमा सर्वोत्कृष्ट तीज गीत मिक्सिङ अवार्ड समित परियारले, सर्वोत्कृष्ट तीज गीत संगीत संयोजक अवार्ड रमेश सेन्चुरीले, तीज गीत नवप्रतिभा अवार्ड श्रीराम पौडेलले हासिल गरे ।
यस्तो डायस्पोराबाट निकालिएका तीज गीत अन्तर्गत सर्वोत्कृष्ट तीज गीत गीतकार डायस्पोरा गीतकारको अवार्ड ‘आयो रे आयो तीज’बाट कुमारी रेग्मीले, डायस्पोरा म्युजिक भिडियो निर्देशकको अवार्ड ‘परदेशीको तीज’बाट विनोद शाही र डायस्पोरा सर्वोत्कृष्ट तीज गीत गायिकाको अवार्ड ‘यिनका बुढाले’ गीतबाट विन्दु पौडेलले हासिल गरिन् ।
यस्तै सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुषको अवार्ड विजय पुनले, तीज गीत भिडियो मोडल महिलाको अवार्ड करिश्मा ढकालले, तीज गीत संयुक्त मोडलको अवार्ड रितु तामाङ र सलिना नेपालीले, सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशकको अवार्ड शिवन पोखरेलले प्राप्त गरे ।
यस्तै सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफरको अवार्ड मुकेश नेपाली, सर्वोत्कृष्ट तीज गीत भिडियो को अवार्ड दुर्गा पौडेलले, तीज गीत भिडियो सम्पादकको अवार्ड विनोद बमले, तीज गीत भिडियो श्रृंगारको अवार्ड गीता वि.क.ले हासिल गरे ।
समारोहमा सर्वोत्कृष्ट तीज गीतको अवार्ड ‘छैन नि चोलिया’बाट मन्जु पौडेलले, मौलिक तीज गीत पब्लिक च्वाइस अवार्ड लक्ष्मी पुरी प्रधानले, म्यूजिक भिडियो महिला मोडल पब्लिक च्वाइस अवार्ड ज्योति खड्काले, पब्लिक च्वाइस अवार्ड मौलिक संगीतकारको अवार्ड विष्णु भण्डारीले हासिल गरे ।
यस्तै तीज गीत मौलिक संगीत संगीतकार जुरी अवार्ड संगीतकार रेशम चौधरीले, तीज गीत दोहोरी गायिका जुरी अवार्ड सन्जु न्यौपानेले हासिल गरे । नेपाली तीज गीतको प्रवर्धनको लागि आफूहरूले विगत चार वर्षदेखि शुभकामना मिडियाबाट यो अवार्ड आयोजना गर्दै आएको संस्थाका अध्यक्ष सबिता पोखरेलले बताए ।
कार्यक्रम सेसेमी लिम्बूले संचालन गरेकी थिइन् । समारोहमा रितु तामाङ, रविना भण्डारी र करिश्मा ढकालको नृत्य प्रस्तुति रहेको थियो भने अन्जु गौतमको गायन प्रस्तुति रहेको थियो ।
कार्यक्रममा प्रभु बैंक लिमिटेड, इसेवा मनी ट्रान्सफर, कन्चनजंगा अगरबत्ती, कृषि विकास बैंक लि., कामना विकास बैंक, विकल्प एग्रो फार्म, चिगु कोरियन मार्ट सामाखुशी, हिमालयन ब्रुअरी, भिस्टा एजुकेशन, सुर्जा ज्वेलरी, बिजी मल, बिजी बैंकट, रश्मिलाज फेसियल हाउस, सुटमाला सर्टिङ एण्ड सुटिङ, गोकर्णेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका वडा नं. १, गोकर्णेश्वर नगरपालिका वडा नं. ५, सानुज ब्यूटि पार्लर, नवोदित कलेज लगायतले कार्यक्रमलाई प्रायोजन गरेका थिए ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209