Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोशेढुंंगाको अष्ट्रेलिया–प्रचार गर्दै चर्चित गायक खेम सेन्चुरी

कोशेढुंंगाको अष्ट्रेलिया–प्रचार गर्दै चर्चित गायक खेम सेन्चुरी

 

काठमाडौं । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र कोशेढुंगाको प्रचार प्रसार तिव्र भइरहेको छ । यसैबीच चर्चित लोक गायक खेम सेन्चुरीले पहिलोपटक ‘कोशेढुङ्गा’ फिल्मका लागी गीत निर्माण गरेका छन् । उनले बनाएको गीत नत्र भने जीन्दगी ब्यर्थ छ है बाटुली बोलको तीजगीत निकै हिट भयो । चलचित्रको पहिलो पाइलामै सफल मानिएका खेम सेन्चुरी यतिबेला बिदेशका बिभिन्न कार्यक्रममा ब्यस्त रहेका छन् । 

उनी जुन ठाउँमा पुग्छन् त्यहाँ स्टेजबाटै ‘कोशेढुङ्गा’को प्रचार गरिरहेका छन् । उनी यतिबेला अस्ट्रेलियाको ब्रिजबेनमा फिल्म कोशेढुंगाको प्रचार प्रसारमा लागेका छन् । गायक सेञ्चुरीले उपस्थित दर्शकमाझ यही भदौ १२ गते कोेशेढुंगा चलचित्र हेर्न अनुरोध गरिरहेका छन् । 
उनले ब्रिजबेनको स्टेजबाट तीज बिशेष कार्यक्रममा उपस्थिती दिदी बहिनीहरुमाझ भनेका छन्, ‘यहि भदौ १२ गते कोशेढुङ्गा फिल्म संसारभर एकसाथ लाग्दैछ । नजिकको हलमा गएर हेर्नुहोला ।’

koshe Dhunga 1.png

सरोज पौडेल निर्देशीत ‘कोशेढुङ्गा’मा आर्यन सिग्देल, सुरक्षा पन्त, निती शाह, ऋचा शर्मा, मन्जिल कुमार, दिनेश काफ्ले लगायतको मुख्य भूमिका छ । निर्देशक सरोज तिनै निर्देशक हुन् जसले निर्देशन गरेको पूर्ण बहादुरको सारंगीले नेपाली फिल्मी इतिहासमै धेरै रेकर्ड ब्रेक गरेको थियो । त्यसैले पनि कोशेढुङ्गालाई प्रतिक्षित फिल्म मानिएको छ ।