काठमाडौँ । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी २ हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
बिहीबार एक तोला सुन १ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार २९० रुपैयाँ थियो।