हामी नेपालीहरुले कतिपय यस्तो सर्जक कलाकारलाई चिन्न सकेका छैनौ जुन कलाकारहरु अहिले बिदेशी भूमिमा पसिना बगाउदै नेपाली साहित्य, भाषा र कलाको क्षेत्रमा ठूलो योगदान दिईरहेका छन । आज हामी यस्तो गितकार,संगितकार ,गायककारको कुरा गर्दै छौ उनको नाम हो अग्निी पराजुली ।
जसले दुईदशकदेखी नेपाली गित ,गजलमा आफनो कलम चलाउदै आएका छन । साथमा आफनो आवाज पनि भर्दै आएका छन । यतिबेला उनै संगितकार गितकार गायक अग्निी पराजुलीले लोकप्रिय गायिका रचना रिमालको जुनको शहरबोलको निकै रमाईलो गित ल्याएका छन । नजरले मनको माया सिकाईदेउन ,मिठो हुन्छ गाउको माया मिसाईदेउन ।
उनै अग्निीकै शब्द संगित र लक्षु मल्लको संगित संयोजनमा बनेको गितको शब्द र भाकाले मन छुन्छ । गितले असल ईमान्दार जिवनसाथीको खोजीको गरेको छ । माया पैसामा होईन ब्यवहारमा टिक्छ, गाउको मायाले माया र सम्बन्धलाई अझ मजबुत बनाउने बुझाईएको छ । गितको भिडियोमा प्रेणा पराजुल्री ,बिनित टन्डन ,बिपना गैरे ,दिप्सन केसीको नृत्य सहितको अभिनय रहेको छ ।
एपि म्यूजिक युटुव च्यानलबाट सार्वजनिक गरिएको गितको भिडियोमा सुरज घिमिरे सानेको निर्देशन ,बिक्की परियानको कोरियोग्राफि रहेको छ । गितमा प्रयोग भएको सरल शब्द र मौलिक भाकामा दर्शकहरुको सकरात्मक प्रतिक्रिया आएको छ । जसले गर्दा सर्जक समेत रहेका गायक अग्निीलाई दर्शकश्रोताहरुको मायाले उर्जा दिएको छ । संगितमा छुट्टै पहिचना बनाउने गरि उनी २० बर्षदेखी कला र साहित्यमा क्षेत्रमा निरन्तर लागिपरेका छन ।
रेडियो नेपालमा गित गाउदै साहित्य र कलाको क्षेत्रमा पनि कलम चलाईरहेका छन । बिभिन्न तालहरुमा गित गजल गर्दै आएका छन । उनले लेखेका गजल गितहरु अग्रज कलाकारहरुले पनि गाएका छन । उनले आफुलाई गायक भन्दा पनि सर्जकको रुपमा चिनाएका छन । काम गरेर बचत गरेका केही पैसालाई सिर्जनामा लगानी गरेका छन ।
https://www.youtube.com/watch?v=_35DFseOrRs