Shares
Shares
आकासे रङ्गको सामान्य फूलबुट्टे सारीमा सजिएको एउटा उज्यालो अनुहार। यही एउटा तस्वीर छ, जसले दुईदशकदेखि गायिका विष्णु माझीलाई प्रतिबिम्बित गर्दै आएको छ। उनी कहाँ र कस्तो अवस्थामा होलिन् कसैलाई थाहा छैन, परिवारका सदस्यलाई बाहेक।
उनका १० हजारभन्दा बढी गीत सुनेका नेपाली स्रोताहरूले विष्णु माझी भन्नेबित्तिकै त्यही एउटा फोटो सम्झिन्छन्। गीत सुन्छन्। नाच्छन्, हाँस्छन्, रुन्छन् पनि। विष्णु माझीको जादुमय सुरिलो आवाजको त सधैँ चर्चा हुन्छ नै। तर, त्योभन्दा बढी उनको जिन्दगीका बारेमा चर्चा हुने गर्छ। उनका अवाजले भरिएका गीतहरू जति धेरै चर्चा हुन्छन्, त्योभन्दा धेरै उनी भने सधैँ गुमनाम छिन्। कहाँ र कसरी बसेकी छिन् कसैलाई थाहा छैन।
विष्णुले प्रायः आफ्नै श्रीमानका गीतहरू नै गाउने गर्छिन् । बिडम्बना के छ भने उनी गुमनाम छिन्। कहाँ र कसरी बसेकी छिन् कसैलाई थाहा छैन। उनी कहाँ र कस्तो अवस्थामा होलिन् कसैलाई थाहा छैन, परिवारका सदस्यलाई बाहेक। आकाशे रङ्गको सामान्य फूलबुट्टे सारीमा सजिएको एउटा उज्यालो अनुहार।
यही एउटा तस्वीर छ, जसले बर्षौ देखी गायिका विष्णु माझीलाई प्रतिबिम्बित गर्दै आएको छ।उनका अधिकांश गित सदावबहार गित जस्तै नै छन । उनको गीत नभए धेरैलाई तीज ‘खल्लो’ लाग्न सक्छ। यता सुन्दरमणी अधिकारी पनि सामाजिक सञ्जालमा पछिल्ला दिनहरुमा निस्क्रिय नै छन । उनले आफना पूराना पोष्टहरु पूरै डिलिट गरेका छन । आफना फेसबुकमा रहेका साथीहरुलाई अनफलो गरेको पाईएको छ ।
सधैं चर्चामा विष्णु माझी
विष्णु माझीले हालसम्म १० हजारभन्दा बढी गीत गाइसकेकी छिन्। सामाजिक सञ्जालको बढ्दो प्रयोगअघि रेडियो टेलिभिजनमा उनका गीत खुबै चल्थे। अहिले प्रविधिको जमानामा उनका गीत थप चर्चामा आइरहेको छन्।
उनको गीत ड्राइभर दाइ, बटौलीको बस, भैँसी पालेरले धेरै चर्चा पाए। नहेर्नु लुकेर, कसलाई सोध्ने होला, सानु कहाँ छौ, धर्ती कुनको, शीतल दिने पीपल समी छ, लालुपाते नुघ्यो, भुइँतिर, मै छोरी सलल, न जाऊ है सानु पँधेरीमा, त्यो मन रुन्न होला र धेरै नै चल्यो।
पूर्वको मेची नि हाम्रै हो भन्ने लोकलयको राष्ट्रिय गीत खुबै चल्यो। घामले नि पोलिदयो, डाँडै फुर्के सल्लो, हरे शिव राम, रुमाल हल्लाई हल्लाई, मुटु जलाई, भैटै हुन्न होला र लगायतको गीत पनि सर्वाधिक चर्चामा आयो। सालको पातको टपरी हुनी, लालुमै, बोकेझार, पिँडालु, झुम्का झलक्क, साँइलो, चरी जेलैमालगायत अधिकांश गीतहरू झन् सर्वाधिक लोकप्रिय छन्।
कस्तो थियो उनको बाल्यकाल ?
स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाट हो विष्णु माझीको जन्मघर । सन् १९८६ जुनमा जन्मिएकी हुन । सानैदेखि गाउँघर र स्थानीय लोकदोहोरी गीत प्रतियोगितामा गीत गाउँथिन् । स्वर सुरिलो र मीठो थियो । तर विष्णुको घरको आर्थिक अवस्था भने एकदमै कमजोर ।
त्यही कारण कक्षा ९ भन्दा माथि पढ्न पाइनन् उनले । मीठो गाउने भएकाले विष्णु १३ वर्षकै उमेरदेखि लोकगीत प्रतियोगिताहरुमा भाग लिन थालेकी थिइन् । सुन्दरमणिको भेट २०६१ सालमा लेकालीले पाल्पा उद्योग वाणिज्य महासंघले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा भएको थियो ।
सुन्दरमणि पनि प्रतियोगितामा सहभागी हुन पुगेका थिए । प्रतियोगितामा विष्णु दोस्रो भइन् भने सुन्दरमणिले कुनै स्थान जित्न सकेनन् । यसपालि २०८२ सालमा पनि उनले म त नराउरी गित बजारमा ल्याईन तर पहिलेका बर्षमा जस्तै त्यति धेरै गितले माया भने पाउन सकेन ।
पछिल्लो समय उनको खोजी धेरै भईहरेको छ । लोकसञ्चारकर्मीको टिमले पनि उनलाई सार्वजनिक गर्न पहल थालेको छ ।राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानसंग मिलेर यो बिषयमा आवाज उठाउने पनि तयारी गरेको छ । राज्यलाई पनि यस बिषयमा ध्यान केन्द्रित गर्ने गरि लागिपर्न पहल गर्ने सोच पनि बनाएको चर्चा छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209