Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिपिन जोशीको आमा र बहिनीले परराष्ट्रमन्त्री आरजुलाई धन्यवाद दिदै गरे भेट, थप प्रयत्न गर्न आग्रह

बिपिन जोशीको आमा र बहिनीले परराष्ट्रमन्त्री आरजुलाई धन्यवाद दिदै गरे भेट, थप प्रयत्न गर्न आग्रह

हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेका छन। विपिनकी आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री डा राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह  गरेका थिए ।

मन्त्री डा राणाको पहल एवं नेपालस्थित इजरायली राजदूताबासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र उहाँको रिहाइका लागि अपिल गर्न हालै इजरायल जानुभएको थियो । इजरायलबाट फर्केपछि आज उहाँहरुले मन्त्री डा राणालाई भेटेर यसबारेमा जानकारी  गराएका हुन् । 

उहाँहरुले आफूहरु इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरुले सहयोग गर्नुभएको र त्यहाँ राष्ट्रपतिदेखि उच्च सरकारी अधिकारीहरुसँग भेटेर विपिनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी  दिएका थिए ।

त्यस अवसरमा मन्त्री डा राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताउनुुभयो । मन्त्री डा राणाले विपिन अपहरमा परेको करिब ९ महनिापछि आफू मन्त्रीमा नियुक्त भएको र त्यसलगत्तै आफूले सो मुद्धालाई प्राथमिकतामा राखेर काम सुरु गरेको जानकारी दिए । 

मन्त्री डा राणाले जोशीको परिवारसंग भनिन  “यो एकबर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्चहरु, विभिन्न द्विपक्षीय तथा अन्तर्राष्ट्रिय बैठक तथा भेटवार्ताहरुमा विपिन रिहाइको आग्रह गरिरहेकै छु । हामीले कूटनीतिक माध्यमबाट गर्न सक्ने र मिल्नेजति पत्राचार एवं अन्य आवश्यक पहल जारी नै राखेका छौँ ।”
        
मन्त्री डा राणाले आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्रीहरु एवं अधिकारीहरुसँगको भेट एवं फोनवार्ताका साथै संयुक्त राष्ट्रसङ्घदेखि अन्य अन्तर्राष्ट्रिय फोरमहरुमा पनि विपिन रिहाइको मुद्धालाई सशक्त रुपमा राख्दै आएको जानकारी  दिईन । विपिन रिहाइको मुद्धालाई आगामी दिनमा सरकारले थप सशक्त रुपले अघि बढाउने जानकारी पनि दिनुभयो । सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन जोशी हमास समूहको अपहरणमा परेका थिए ।