Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

समिक्षा अधिकारीको कसैले माया बुझदैन

समिक्षा अधिकारीको कसैले माया बुझदैन

लोकप्रिय गायिका समिक्षा अधिकारीको समधुर आवाजमा रहेको रोएर नि धोएर नि सुक्दै सुक्दिन ,यो मुटु नदुख्ने कसैले माया बुझदैन । एकपटक यो गित तपाईहरुले सुन्नुभयो भने सुनिरहन मन पक्कै लाग्ने छ ।

किनभने यो गितका हरेक शब्दले मन छुन्छ । माया खोज्दा पाएको भए सुन ,,साथी बन्न मन थियो मलाई ,डाडापाखा हुदै क्षितिज छुन संगै जान मन थ्यो , आखामा बसेकै मायाले नटेर्नेले उ जस्तै खोजै कै नपाएसि के गर्ने हो । साथमा अन्जली अधिकारीको दमदाम अभिनय र नृत्यले झन सबैलाई लोभ्याउने छ ।

हामीले खोजे जस्तो चाहे जस्तो चीज पाउन कठिन् छ । अनि त्यसले दिने पीडा न रुंदा सुक्छ , न धोएर पखालिन्छ तर पनि मन बुझाएर यो संसारमा बाच्नुपर्छ । यहि यथार्थलाई शब्द संगीतमा बुनेका छन गितकार,संगितकार एवम गायककार  अग्नी पराजुलीले । सर्जक पराजुली भन्छन हामीले गायिका समिक्षा अधिकारीलाई दोस्रो बिष्णु माझी भनेर चिनेका छौ । उनको आवाजले हाम्रो सिर्जनालाई भनेजस्तो न्याय दिएको छ  र त दर्शकश्रोताहरुबाट हामीले यस गितमा धेरै माया पाएका छौ ।

https://www.youtube.com/watch?v=GVNgvtSTnuI

 

यस गितको सङ्गीत सँयोजन पुरुश्वत्तम सुबेदीले गरेका हुन । “कसैले माया बुझ्दैन” यो गित एपि म्यूजिक युटुव च्यानलबाट बजारमा आएको हो ।  गितमा कलाकार अन्जली अधिकारी र समिर खानको अभिनय रहेको छ । निकै मिठो भाकामा बनेको यो गितमा समिक्षाको आवाजले सुनमा सुगन्ध मिएिको छ । यो गितलाई अहिलेसम्म १४ लाख बढि दर्शकश्रोताहरुले युटुवमा मात्र हेरेर सुनेका छन भने टिकटकमा पनि हजारौ भिडियो बनेका छन । भिडियो निर्देशन निशान एस के ले गरेका छन् ।

गितमा समसामायिक मायाप्रेमको कुराहरु गरिएको छ । धेरैको जिवनमा भएका घटेका यथार्थ घटनालाई पनि यो गितले जाडेको छ । यस गितका सर्जक् अग्निी पराजुली , जसले गित गजल र साहित्यमा लामोसयम देखी कलम चलाउदै आएका  छन । उनी अहिले अमेरिकामा बस्दै आएका छन । जसले गितसंगितलाई मुटुमा सजाए् प्रदेशमा रहेतापनि निरन्तरता दिने कोसिस गरेका छन ।मौलिक भाका र सिर्जनालाई आफनो नजरमा राखेर कलम चलाउदै आवाज भर्दै आएका छन। उनले यो गितलाई धेरै दर्शक र श्रोताहरुले रुचाएका पनि छन ।

उनी फुर्सद को समय भयो कि विभिन्न तालसँग खेलेर नयाँ गीत लेखन र संगीत निर्माण गर्न थाल्छन , पहिले संगीत गरेर त्यो संगीत माथि गीत लेख्ने उनको कर्म भएकोले प्राय छुट्टिको दिनसमेत यसैमा बित्ने गरेको उनले बताए।उनले दर्जनौ गितहरु गरेका छन । ति गितहरु चर्चामा छन । उनी नेपाल संगित संघमा पनि आवद्ध छन । साथमा गितकार संघमा आवद्ध रहदै नेपाली भाषा साहित्य र कलालाई बिदेशहरुमा पनि पु¥याउने गरि लागि परेका छन ।