Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि,२ लाख नजिक पुग्यो !

नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि,२ लाख नजिक पुग्यो !

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको १,९९,४०० रुपैयाँ पुगेको छ।

हिजो सुनको मूल्य तोलाको १,९९,००० रुपैयाँ थियो। लगातारको मूल्य उतारचढावका बीच आज सुनको मूल्यले पुनः वृद्धि लिएको हो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर २,३५५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको २,३४५ रुपैयाँ थियो।

सुनचाँदी व्यवसायीहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारको उतारचढाव र मागको अवस्था अनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य परिवर्तन भइरहेको छ।