Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बिच भेटवार्ता,लगातार दोस्रो वर्ष भेट्न पाएकोमा खुसी व्यक्त

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बिच भेटवार्ता,लगातार दोस्रो वर्ष भेट्न पाएकोमा खुसी व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच चीनको तियानजिन अतिथि गृहमा भेट भएको हो। 

सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा भाग लिन ओली आजै त्यहाँ पुगेका हुन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत प्रस्थान गरेका उनी तियान्जिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। 


चीनमा रहँदा ओलीले चीनको सैन्य परेडमा समेत भाग लिने छन्।  तियान्जिनमा उनलाई चीन सरकारका उच्चाधिकारी र  चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए। ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटबारे खुसी व्यक्त गरेका छन्। उनीहरुबीच चीनको तियानजिन अतिथि गृहमा द्वीपक्षीय भेटवार्ता भएको थियो।

‘राष्ट्रपति सीलाई लगातार दोस्रो वर्ष भेट्न पाएकोमा र फलदायी द्विपक्षीय वार्ता गर्न पाएकोमा खुसी छु,’ भेटपछि ओलीले एक्समा लेखेका छन्, ‘विभिन्न विषयहरूमा भएको प्रगतिबारे समीक्षा गर्‍यौं र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने सहमति जनायौं।’ उनले आफूलाई ‘एससीओ प्लस सम्मेलन’मा आमन्त्रणा दिएकोमा राष्ट्रपति सीप्रति धन्यवाद व्यक्त समेत गरेका छन्।

 
539838988_1588683122574807_5822995685862375337_n.jpg