Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री ओलीको मोदीसँग चीनमा भेटवार्ता नहुने

प्रधानमन्त्री ओलीको मोदीसँग चीनमा भेटवार्ता नहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुनैपनि औपचारिक भेटवार्ता नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको द्विपक्षीय भेटवार्तापछि मोदीसँग भेटको कार्यक्रम तय गरिएको छैन।

प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका पत्रकार प्रकाश सिलवालले पनि मोदीसँग कुनै भेटवार्ता तय नभएको पुष्टि गरेका छन्। उनका अनुसार, “भारत भ्रमण पहिल्यै तय भइसकेको अवस्थामा चीनमा मोदीसँग भेटवार्ता नहुनु ध्यान दिने विषय हो।”

शनिबार चिनियाँ राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने विषयमा नेपालले प्रकट गरेको आपत्ति स्पष्ट रूपमा राखेका थिए। यो विषय मोदीसँगको सम्भावित भेटमा पनि उठ्ने अपेक्षा गरिएको थियो। तर अब त्यो सम्भावना चीनमा भने टरेको छ।