Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्याङ्जाको मिर्मीमा Kalika Devotees द्वारा सम्पन्न "भर्चुअल तीजगीत प्रतियोगिता"

स्याङ्जाको मिर्मीमा Kalika Devotees द्वारा सम्पन्न "भर्चुअल तीजगीत प्रतियोगिता"

काठमाडौँ। स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित Kalika Devotees ले "Virtual तीजगीत प्रतियोगिता–२०८२" सफलतापूर्वक सम्पन्न गरेको छ। हिन्दू महिलाहरूको प्रमुख पर्व तीजको अवसर पारेर आयोजित प्रतियोगितामा विभिन्न प्रतिभाहरूले सहभागिता जनाएका थिए।

उक्त प्रतियोगितामा अञ्जु पाण्डे, बिना न्यौपाने र अमृता भट्टराई (मिर्मीफाट) को समूहले उत्कृष्ट प्रस्तुति दिंदै प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी, सुस्मा र बबिता न्यौपाने (मिर्मीफाट) समूहले दोस्रो स्थान, स्वीकृती पाण्डेय (मिर्मी, फेदी) ले तृतीय स्थान, तथा रितिका थापा मगर (मिर्मीफाट) ले सान्त्वना स्थान प्राप्त गरेकी छन्।

विजेताहरूलाई क्रमश: नगद ५,०००, ३,०००, २,००० र १,००० रूपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्।

प्रतियोगिता आयोजना गर्नुको उद्देश्य हिन्दू धर्मको सांस्कृतिक महत्वलाई उजागर गर्दै, विशेषतः तीज पर्वको पवित्रता र परम्परागत मूल्यहरूलाई संरक्षण गर्नु रहेको आयोजकले जनाएका छन्। हाल सामाजिक सञ्जालमा देखा पर्ने गलत तथा नकारात्मक सामग्रीहरूलाई नियन्त्रण गर्दै, युवाहरूलाई सकारात्मक दिशामा अग्रसर गराउन यस्ता कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको छ।

Kalika Devotees ले आगामी दिनहरूमा समेत सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।