Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जब मन्त्रीलाई टिकटकरले थर्काउदै भनिन म तपाईंलाई छोडदिनँ, डर लाग्दैन

जब मन्त्रीलाई टिकटकरले थर्काउदै भनिन म तपाईंलाई छोडदिनँ, डर लाग्दैन

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्जका मेयरलाई फोनमा धम्क्याएको आरोपमा एक टिकटकर पक्राउ परेकी छन् । शुक्रबारदेखि सामाजिक सञ्जालमा खानेपानी मन्त्री यादव र किरण साहबिचको कुराकानीको अडियो भाइरल भएको छ । अडियोमा साहले मन्त्री यादवलाई वीरगञ्जमा फैलिएको हैजाबारे कडा शब्दमा प्रश्न गरेको सुनिन्छ । फोन रिसिभ भएपछि साहले मन्त्री यादवलाई पटकपटक गर्दा पनि फोन किन नउठाएको भन्दै प्रश्न गरेकी थिइन् । अडियोमा साहले वीरगञ्जमा हैजाका कारण धेरैको मृत्यु भएको र अस्पतालमा धेरै मानिस भर्ना भएको भन्दै उनले पानी वितरण गर्नुअघि परीक्षण नगरिएको आरोप लगाएकी छिन् ।

आफ्नै घरका चार जना सदस्य हैजाका कारण उपचाररत रहेको र आईसीयूमा भर्ना भएका परिवारको स्तरीय उपचार नभएको भन्दै उनले मन्त्रीलाई ‘तपाईंलाई छोड्दिनँ, मलाई डर लाग्दैन’ भन्दै चुनौती दिएको अडियोमा सुनिन्छ । यस विषयलाई लिएर शनिबार साँझसम्म सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ । खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनमार्फत धम्की दिएको आरोपमा वीरगञ्जकी टिकटकर किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्री यादवका स्वकीय सचिव र मेयर सिंहको उजुरीका आधारमा विद्युतीय अपराधअन्तर्गत अनुसन्धानका लागि शनिबार वीरगञ्जबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार केही दिनअघि मन्त्री यादव र मेयर सिंह दुवैलाई फोन गरी धम्की दिएर टेलिफोन वार्तालाप सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।

यसैबिच यता वीरगञ्जमा झाडापखलाको संक्रमण समुदायस्तरमै फैलिएको छ । वीरगञ्ज महानगरपालिका–११, १२, १३ र १६ मा हैजाको प्रकोप फैलिँदा वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ । खानेपानी पाइपमा ढलको दूषित पानी मिसिँदा हैजा फैलिएको आशंका विज्ञहरूले गरेका छन् ।हैजाको संक्रमण फैलन थालेपछि महानगरले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित र तथा महानगर क्षेत्रभित्रका पानीपुरी, चाट, चटपटे लगायतका खानेकुरा बिक्री वितरणमा पनि रोक लगाएको छ ।

 इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वप्रमुख समेत रहेका डा. दासका अनुसार हैजाको प्रकोप घना बस्तीमा फैलिएको हुनाले चुनौती बढेको छ । ईडीसीडी अनुसार खानेपनीमा इकोलाई देखिएको छ । इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखलाको एउटा प्रमुख कारक मानिन्छ । खानेपानी पाइपमा ढलको दूषित पानी मिसिएका कारण वीरगञ्जमा हैजा फैलिएको आशंका छ । धेरै स्थानमा नालाभित्रै पर्ने गरी राखिएकाले पाइप लिक भएका कारणले पनि हैजा फैलिएको हुनसक्ने जानकारहरू बताउँछन् ।