Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री ओलीको चीन भ्रमण सम्पन्न, स्वदेश फर्किँदै

प्रधानमन्त्री ओलीको चीन भ्रमण सम्पन्न, स्वदेश फर्किँदै

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संगठन ९एससिओ० शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री ओली स्थानीय समय अनुसार साँझ ६ बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदा भएका थिए। उनी राति करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले तियानजिनमा आयोजित शिखर सम्मेलनलाई सम्बोधन गरे भने चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता पनि गरे। नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार राष्ट्रको रूपमा रहँदै आएको छ।

शिखर सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा। मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा। सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन, तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा तथा अन्य उच्चस्तरीय सरकारी अधिकारी सहभागी थिए।

प्रधानमन्त्रीको यस भ्रमणले नेपालको बहुपक्षीय कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।