काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई ७ दिनभित्र दर्ता हुन दिएको समय आज सकिदैँ छ । तर सरकारको सुचना अवज्ञा गदैँ आजसम्म कुनै प्लाटफर्महरू हुन नआएको बताइएको छ । यतिबेला मन्त्रालयमा कर्मचारीहरू भने कुनै प्लाटफर्मले इमेल गरिहाल्छन् कि भनेर पर्खिएर बसेका छन ।
कर्मचारीहरु इमेल रिफ्रेस गर्दै बसेको र अहिलेसम्म चाहिँ कुनै पनि प्लाटफर्मले सम्पर्क नगरेको बताइएको हो । सरकारले दिएको समयमा कुनै प्लाटफर्म दर्ता हुन नआए सरकारले बन्द गर्ने तयारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले आज राती १२ बजेसम्म समयसीमा रहेको र त्यसपछि दर्ता हुन नआए बन्द गर्ने बताएका छन ।