काठमाडौँ । सरकारले फेसबुक लगाएतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको छ । दर्ता हुन दिएको समय भित्र सामाजिक सञ्जाल प्लेटफर्महरुले दर्ता हुन नमानेपछि बन्द गर्ने तयारी गरेको हो । यता एमाले नेता शंकर पोखरेलेले पनि फेसबुक बन्द हुने संकेत गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ’सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’ भन्दै लेखेका छन । पोखरेलेले यस्तो स्टाटस लेखेपछि धेरैले बन्द हुन लागेको अनुमान गरेका छन । त्यस्तै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेपालका सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू सर्वोच्च अदालतको आदेश बमोजिम निष्क्रिय हुने क्रममा रहेको जानकारी दिएका छन् ।
रिमालले सामाजिक सञ्जाल फेसबुकबाटै यस्तो जानकारी दिएका हुन् । रिमालले सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु,स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको स्मरण गराएका छन् । उनले सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने जानकारी दिएका छन् ।रिमालले भनेका छन्– सायद, केही अवाञ्छित तत्त्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ । सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुँदैछन्।
लतकै रूपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्। भन्दै लेखेका छन । यता सर्वाेच्च्चले कानुनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल र विभिन्न (ओटीटी) एप बन्द गर्न सरकारलाई बाटो खोलिदिएको छ।सामाजिक सञ्जालसहित इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासबाट बुधबार परमादेश जारी गरेको हो। करिब ५ वर्षअघि दायर गरेका दुई छुट्टाछुट्टै रिटको टुंगो लगाउँदै सर्वोच्चले इजाजत नलिएर चलेका त्यस्ता विज्ञापन प्रसारण गर्ने माध्यममाथि प्रतिबन्ध लगाउन बाटो खुला गरिदिएको हो।