काठमाडौँ । अन्तत सरकारले सामाजिक सञ्जाल फेसबुक,ट्वीटर युट्युब लगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएको छ । सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने भएको हो । मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार मन्त्रालयले आज बिहीबार उक्त निर्णय गरेको खुलेको हो ।
सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको पनि बताइएको छ । सञ्चार मन्त्रालयमा आज बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले दर्ता हुन दिएको समय भित्र सामाजिक सञ्जाल प्लेटफर्महरुले दर्ता हुन नमानेपछि बन्द गर्ने तयारी गरेको हो ।