Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालमा फेसबुक लगायत सामाजिक सञ्जाल बन्द भएपछि के–के चल्छन ?

नेपालमा फेसबुक लगायत सामाजिक सञ्जाल बन्द भएपछि के–के चल्छन ?

काठमाडौँ । अब फेसबुक,वाट्सएप, इन्स्टाग्राम,युट्युब,लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्धपछि कुन–कुन चल्छन् भन्ने चासो बढेको छ ।  नेपाल सरकारले सूचीकरणमा नआएको भन्दै फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आज सञ्चार मन्त्रालयले तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको हो ।

सरकारको आग्रहबमोजिम यसअघि नै नेपालमा टिकटक, भाइबर, वीटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् । टेलिग्राम र ग्लोबल डायरीले पनि सूचीकरणका लागि मन्त्रालयमा आवेदन बुझाइसकेको छ । त्यसैले अब फेसबुक बाहेक अन्य सामाजिक सञ्जाल नचले पनि नेपालमा दर्ता भएका टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ चल्ने देखिएको छ ।  सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको थियो । त्यस्त, बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुनः खोलिने पनि सरकारले जनाएको छ ।

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।