Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालमा सामाजिक सञ्जाल क्रमश बन्द हुँदै

नेपालमा सामाजिक सञ्जाल क्रमश बन्द हुँदै

काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल फेसबुक बन्द हुन थालेको छ । सरकारको पत्राचारसँगै तोकिएका सामाजिक सञ्जाल बन्द गर्ने आवश्यक प्रक्रिया अघि बढेको छ  । तर, यो निर्णयको आलोचना समेत भएको छ । सरकारमा सहभागी नेताहरुले नै यसको विरोध गरेका छन ।  सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् ।

बिहीबारमात्रै सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही बमोजिम प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न निर्देशन गरेको थियो । प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम यस्तो निर्णय गरिएको टेलिकमले जनाएको छ । एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ ।


यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषदको भदौ ५ गतेको  निर्णय,आज ९बिहीबार० बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बसेको मन्त्रीस्तरीय निर्णय र  सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्दै  २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो।


साथै सरकारले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स९ट्विटर०, लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्ने निर्णय गरेको थियो ।
इन्टरनेट सर्भिस प्रोभाइडर असोशिएसन अफ नेपालले दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन इन्टरनेट सर्भिस प्रोभाइडरलाई जानकारी दिइएको बताएको छ । विज्ञप्ति जारी गर्दै सञ्चार मन्त्रालयको बिहीबारको निर्णयअनुसार प्रोभाइडरहरुलाई बन्द गराउन भनिएको असोशिएसनले जनाएको छ । जसमा फेसबुक, मेसेन्जर, ह्वाट्सएपलगायत २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय गराउन भनेको छ । त्यस अवधिमा कुनै पनि सामाजिक सञ्जाल कम्पनी सम्पर्कमा नआएपछि सरकारले निष्क्रिय बनाउने निर्णय गराएको हो । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय हुन थालेपछि धेरैजना भाइबर, टिकटक लगायतमा जोडिन थालेका छन् ।

सरकारले सामाजिक सञ्जाल सूचीकरण गर्न अन्तिमपटक दिएको एक साताको समय बुधबार सकिएको थियो।  मन्त्रिपरिषद्को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत बिहीबार ९भदौ १२ गते० सूचना जारी गर्दै नेपालमा प्रयोग हुने सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन आग्रह गरेको थियो ।