Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

‘जेन जी’ पुस्ताको आज काठमाडौंमा प्रदर्शन गदैँ,घुसपैठ हुन सक्ने आङ्कलन सहित सुरक्षा व्यवस्था कडा

‘जेन जी’ पुस्ताको आज काठमाडौंमा प्रदर्शन गदैँ,घुसपैठ हुन सक्ने आङ्कलन सहित सुरक्षा व्यवस्था कडा

 

काठमाडौं । सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ता, जसलाई जेन जी पुस्ता भनिन्छ,आज काठमाडौंको माइतीघर मण्डलामा ठूलो प्रदर्शन गर्दैछन्। बिहान ९ बजेदेखि सुरु हुने यो प्रदर्शनमा उनीहरुले सामाजिक सञ्जालमाथिको नियन्त्रण र निषेधको सरकारी निर्णयको विरोध गर्दै भ्रष्टाचार अन्त्यको माग अघि सारेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न अनुमति दिएको भए पनि निषेधित क्षेत्रमा प्रवेश नगर्न आयोजकहरुलाई सचेत गराएको छ। प्रशासनले संभावित ‘घुसपैठ’ र असुरक्षाका जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारेको छ।

गत चैत १५ मा हिंसात्मक प्रदर्शनका कारण थुनामा परेका र हालै मात्र रिहा भएका दुर्गा प्रसाईंले पनि प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन्। विभिन्न अन्य व्यक्ति तथा समूहहरूले पनि प्रदर्शनमा समर्थन जनाएपछि अवस्था चर्किन सक्ने आँकलन प्रशासनले गरेको छ।

प्रहरीले कानूनविपरीतका गतिविधि हुन नदिने बताउँदै आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ।  उनीहरूले उच्च पदस्थ व्यक्तिहरूका छोराछोरीले पाएको विशेष सुविधा र पहुँचको आलोचना गर्दै समान अवसरको माग गरेका छन्।

‘जेन जी’ पुस्ताको यो सक्रियता पछिल्ला वर्षहरूमा नेपालमा देखिएको सबैभन्दा संगठित युवा आन्दोलनमध्ये एक मानिएको छ।