Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सडकमा उत्रिए Gen Z,प्रधानमन्त्री को फोटो च्यातेर आक्रोश प्रकट

सडकमा उत्रिए Gen Z,प्रधानमन्त्री को फोटो च्यातेर आक्रोश प्रकट

काठमाडौँ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा स्वतःस्फूर्त रुपमा सडकमा उत्रिएका Gen Z पुस्ताका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश जनाएका छन्। उनीहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि राखिएको प्रधानमन्त्री ओलीको फोटो च्यातेर आफ्नो विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुको जुलुस माइतीघर मण्डलाबाट सुरु भई नयाँबानेश्वरतर्फ अघि बढेको थियो। प्रदर्शनमा सहभागी युवाहरूले "हाम्रो अभिव्यक्ति स्वतन्त्रता खोस्न पाइँदैन", "भ्रष्टाचारविरुद्ध आवाज उठाउनु अपराध होइन" जस्ता नारा लगाउँदै सरकारविरुद्ध तीव्र आक्रोश व्यक्त गरेका थिए।

सरकारले सामाजिक सञ्जालहरू जस्तै फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम लगायतमा अस्थायी प्रतिबन्ध लगाएपछि देशभर युवा पुस्तामा व्यापक असन्तुष्टि देखिएको छ। यिनै असन्तुष्टि र आक्रोशलाई सडकमा रूपान्तरण गर्दै, प्रदर्शनकारीहरूले सरकारको निर्णयको कडा विरोध जनाएका छन्।

प्रदर्शनमा कुनै एक दलको औपचारिक संलग्नता नभए पनि विभिन्न राजनीतिक दल, नागरिक समूह र स्वतन्त्र व्यक्तिहरूले समर्थन जनाएका छन्। सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पार्न खोजिएको भन्दै यस आन्दोलनलाई व्यापक समर्थन मिल्न थालेको छ।