Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जेन जी र प्रहरी बिच धकेलाधकेल र झडप ,प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न

जेन जी र प्रहरी बिच धकेलाधकेल र झडप ,प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न

काठमाडौँ । भ्रष्टाचार र सरकारी बेथितिविरुद्ध सडकमा उत्रिएका जेन जी युवाहरू  नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन्।

माइतीघर मण्डलामा भेला भएका उनीहरू विरोध र नाराबाजीसहित संसद भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले बाटो रोकेको थियो। प्रहरीको घेरा तोड्दै अघि बढ्ने क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल र झडपसमेत भएको छ।

प्रदर्शनमा सहभागी युवाहरूले ‘भ्रष्टाचार मुर्दावाद’, ‘लोकतन्त्रको रक्षा गर’, ‘न्याय दे’ जस्ता नाराहरू लगाएका थिए। उनीहरू सरकार र राजनीतिक नेतृत्वप्रति आक्रोशित देखिन्छ । 

प्रदर्शनकारीहरूले देशमा फैलिएको अपारदर्शिता, सत्ता दुरुपयोग, र भ्रष्टाचारविरुद्ध निरन्तर दबाब सिर्जना गर्ने बताएका छन्।

स्थिति तनावग्रस्त रहेकाले सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच प्रदर्शन जारी छ।