Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फेसबुक खोल्न देउवा तयार, ओलीसँग कुराकानीको तयारी

फेसबुक खोल्न देउवा तयार, ओलीसँग कुराकानीको तयारी

काठमाडौं,हालै सरकारले सामाजिक सञ्जाल फेसबुक बन्द गरेपछि चौतर्फी विरोध चुलिएको छ। विशेषगरी जेनरेशन जेड (Gen Z) का युवाहरुले आन्दोलन सुरु गरेसँगै सरकारको निर्णयप्रति असन्तुष्टि झनै गहिरिएको छ।

यसै सन्दर्भमा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सामाजिक सञ्जाल पुन: खोल्न तयार देखिएका छन्। देउवालाई पार्टीका दुई महामन्त्री गगन थापाविश्वप्रकाश शर्माले विशेष आग्रह गर्दै Gen Z को आवाजलाई सुन्नु आवश्यक रहेको बताएको स्रोतले जनाएको छ।

श्रोतअनुसार, देउवाले सोमबार बूढानीलकण्ठस्थित निवासमा डेढ घन्टा लामो भेटवार्ता गर्दै थापा र शर्मासँग छलफल गरेका थिए। भेटमा दुबै नेताले फेसबुक बन्दप्रति आम युवाको चासो र आक्रोश प्रस्तुत गर्दै सरकारसँग संवाद गर्नुपर्नेमा जोड दिएका थिए।

ओलीसँग संवादको तयारी

महामन्त्रीद्वयले देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष संवाद गरी समाधानको बाटो खोज्न अनुरोध गरेका छन्। देउवाले आफू चाँडै ओलीसँग भेट्ने र सामाजिक सञ्जाल खोल्ने विषयमा स्पष्ट धारणा राख्ने संकेत दिएका छन्।

सरकार पछि हट्ने संकेत?

फेसबुक बन्द भएपछि विशेषगरी Gen Z पुस्तामा व्यापक असन्तोष देखिएको छ। डिजिटल माध्यममा निर्भर यो पुस्ताले विभिन्न माध्यमबाट आन्दोलनको स्वर उठाउँदै आएको छ। यही दबाबका कारण सरकारले निर्णयमा पुनर्विचार गर्नसक्ने आँकलन गरिएको छ।

यद्यपि, सरकारले फेसबुक खोल्ने औपचारिक निर्णय भने अझै गरेको छैन। तर देउवाको सक्रियता र विपक्षी नेताहरुको चासोका कारण विषयले नयाँ मोड लिनसक्ने संकेत देखिएको छ।