Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जेन–जी आन्दोलनमा बर्बर दमन: ओली,लेखक र देउवालाई पक्राउको माग

जेन–जी आन्दोलनमा बर्बर दमन: ओली,लेखक र देउवालाई पक्राउको माग

काठमाडौं, नयाँ बानेश्वरमा जारी जेन–जी आन्दोलनमाथि सरकारले बर्बरतापूर्ण दमन गरेपछि देशभर रोष फैलिएको छ। प्रहरीले आन्दोलनकारी विद्यार्थीहरूमाथि गोली चलाउँदा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सयौँ घाइते भएका छन्।

सामाजिक सञ्जालमा सरकारविरुद्धको आलोचना तीव्र बनेको छ। विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार ठहर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवैजनालाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

एक्स (पूर्व ट्विटर) मा #ArrestOli, #ArrestLekhak, #ArrestSherBahadurDeuba जस्ता ह्यासट्यागहरू ट्रेन्डमा छन्। सामाजिक सञ्जालमा लाखौँ प्रयोगकर्ताहरूले सरकारको चर्को विरोध गरिरहेका छन्।