काठमाडौँ ।जेनजी आन्दोलनका क्रममा घाइते भएका सात जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । सोमबार भर्ना भएका उनीहरुलाई आईसीयूमा राखरे उपचार गरिरहेको अस्पतालले जानकारी दिएको छ । कलेजमा २४ जनाको उपचार भइरहेको छ ।
‘उपचार भइरहेका मध्ये ७ जना आईसीयूमा छन् । उनीहरुको अवस्था जटिल छ’, अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालले भने ।
सोमबारको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४०० बढी घाइतेको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचार गराइरहेकामध्य ११ जनाजनाको अवस्था गम्भीर छ । जसमध्ये ५ जनाको आईसीयूमा उपचार भइरहेको छ ।