काठमाडौँ । गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौं उपत्यकाका निमित्त प्रहरी प्रमुख डीआईजी ओम रानालाई जिम्मेवारीबाट हटाइएको छ। सोमबार राजधानीमा भएको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था फितलो भएको भन्दै उनीमाथि कारबाही गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
उनको स्थानमा एआईजी दानबहादुर कार्कीलाई नयाँ जिम्मेवारी दिइएको छ। एआईजी कार्की यसअघि पनि विभिन्न संवेदनशील स्थानमा सफल नेतृत्व गरिसकेका अनुभवी प्रहरी अधिकृत मानिन्छन्।
स्रोतका अनुसार गृह मन्त्रालयले राजधानीजस्तो संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउने उद्देश्यले तुरुन्त निर्णय लिएको हो। अब एआईजी कार्कीको नेतृत्वमा उपत्यकामा सुरक्षात्मक उपायहरू थप कडा बनाइने बताइएको छ।