काठमाडौँ । जेन जीको आन्दोलनले देशमा ठूलो भौतिक र आर्थिक क्षति पुगेको छ । कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाका भवनदेखि सार्वजनिक र व्यक्तिका घर, व्यापारिक केन्द, सञ्चार माध्यमका भवन लगायत संरचनाहरुमा आगजनी तथा तोडफोड हुन पुगेको छ ।
ती भवनमा रहेका महत्त्वपूर्ण कागजत र अभिलेख नष्ट भएका छन । हिजोको क्षतिलाई इतिहासमा भएको ठूलो क्षति मानिएको छ । सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित अरू मन्त्रालयका भवन, सर्वोच्च अदालत र सङ्घीय संसद् भवन आगलागीबाट पूर्ण रूपमा जलेका छन् । महान्यायाधीवक्ताको कार्यालय, सडक विभाग, विशेष अदालत, अख्तियार जस्ता महत्त्वपूर्ण कार्यालयहरु जलाइएको छ ।