काठमाडौँ । जेन जीको आन्दोलन उग्र बन्दा जलेको सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने भएको छ । अर्को आइतरबार बाट सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने जानकारी दिएको छ ।
सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो । जेन जी समुहले सर्वोच्चमा आगो लगाएछि हजारौँ कागजपत्र जलेर नष्ट भएका छन । 