Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गायक राजेश पायल राईले मागे सञ्चार तथा विदेश मन्त्रालय

गायक राजेश पायल राईले मागे सञ्चार तथा विदेश मन्त्रालय

काठमाडौं । चर्चित गायक राजेश पायल राईले आफूलाई अन्तरिम सरकारमा सञ्चार तथा विदेश मन्त्रालय दिन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक धारणा व्यक्त गर्दै उनले प्रधानमन्त्री पदको आकांक्षा नरहेको स्पष्ट पारेका छन्, तर सञ्चार र पर्यटन मन्त्रालय आफूले सम्हाल्न सक्ने दाबी गरेका छन्।

राईले संगीत र पर्यटन क्षेत्रमा लामो अनुभव रहेको उल्लेख गर्दै देशको सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा आफूले उल्लेखनीय योगदान दिनसक्ने विश्वास व्यक्त गरेका छन्। “पर्यटन र संगीतको विकासमा राम्रो जानकारी छ, विदेश पनि सबैभन्दा धेरै म गएको छु,” उनले फेसबुकमा लेखेका छन्।

उनको भनाइ अनुसार आँट गरे सबै सम्भव छ, र उनी अबको पुस्तालाई नेतृत्व गर्न तयार छन्।

अन्तरिम सरकार गठनको चर्चा चलिरहेको बेला उनको यो अभिव्यक्ति आएको हो, जसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।