Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

अन्तरिम सरकारबारे सहमति जुटेन,पुनः आज बिहान ९ बजे बैठक बस्ने

अन्तरिम सरकारबारे सहमति जुटेन,पुनः आज बिहान ९ बजे बैठक बस्ने

काठमाडौं । अन्तरिम सरकार गठनसम्बन्धी छलफल बिहीबारदेखि लगातार चलिरहे पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि बैठक आज शुक्रबार बिहान ९ बजे पुनःबस्ने भएको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा प्रमुख दलहरू र राष्ट्रपतिबीच सैद्धान्तिक सहमति भइसके पनि संविधानमा उल्लेख भएको कानुनी प्रक्रियाले चुनौती उत्पन्न गराएको छ। विशेषगरी संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानकै कारण कार्कीको नियुक्तिमा पेचिलो अवस्था देखिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याललगायतको सहभागितामा भएको बैठक शुक्रबार बिहान ३ बजेसम्म चल्यो। तर कार्कीलाई कसरी संविधानसम्मत तरिकाले सरकार प्रमुख बनाउने भन्ने विषयमा अन्तिम निष्कर्षमा पुग्न नसकेपछि बैठक आज बिहानका लागि सारिएको हो।