Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जेन जीको अगुवाई गदैँ हिडेका सुदन गुरुङ९ घन्टा देखि शितल निवासमा

जेन जीको अगुवाई गदैँ हिडेका सुदन गुरुङ९ घन्टा देखि शितल निवासमा

काठमाडौँ । जेन जीको अगुवाई गदैँ हिडेका सुदन गुरुङलाई ९ घन्टा देखि राष्ट्रपति भवन शितल निवासमा कुराएर राखेको खुलेको छ । गुरुङलाई लाई आज बिहानै राष्ट्रपति भवन शितल निवासमा बोलाएर कुराएर राखिएको हो । गुरुङ जेन जीको आन्दोलनको अगुवाइ गदैँ हिडिरहेका छन ।

उनले हिज मात्रै सरकार प्रमुख छिटो नियुक्त गर्न भनेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै शीतलनिवास बोलाइएका उनी अहिलेसम्म भेटका लागि प्रतिक्षामा रहेका छन । आफुलाई ९ घण्टा सम्म कुराएर राखेको र कसैसँग भेट नभएको उनले गुनासो गरेका हुन । सुदनले कुनै कर्मचारी वा मध्यस्थकर्ताहरूसँग कुरा नगर्ने, राष्ट्रपतिसँग सिधै भेट्ने र एकल छलफल पनि अस्वीकार गर्ने अडानमा दृढ रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले जेनजी टोली र यस आन्दोलनको आवाज सँगै उपस्थित हुनुपर्ने भनेका छन्। जेनजीका विभिन्न समूहका प्रतिनिधिका रूपमा सुदन गुरुङलाई आज शीतलनिवास बोलाइएको थियो ।