Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा जेन–जी स्तम्भ निर्माण हुने

जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा जेन–जी स्तम्भ निर्माण हुने

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेको युवाहरुको सम्झनामा कपिलवस्तुमा जेन–जी स्तम्भ निर्माण गरिने भएको छ ।  कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा जेन–जीमा सहादत प्राप्त गर्दा भेटिएको जुत्तासहितको स्तम्भ निर्माण गरिने मेयर अजय थापाले बताएका छन । शिवराज नगरपालिकाका मेयर अजय थापा क्षेत्रीले भनेका छन जेन–जीले चाहेमा जे पनि गर्न सक्छन, उनीहरुको आशा र भरोसको प्रतिक स्वरुप जेन–जी स्तम्भ निर्माण गर्न लागेका हौ ।

स्तम्भमा जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको नाम र ठेगाना समेत राखिने उनले बताए । सेप्टेम्बर ८ मा जेन्जी उमेर समूहले देश भर एकैसाथ आयोजना गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमामाएका जेन्जी युवाको सम्झनामा शिवराज नगरपालिकाले शिवराज ५ चन्द्रौटा स्थित समानता चोकमा पिलर अफ ब्युटिफुल सुल नामक स्तम्भ निर्माण गर्ने भएको छ । यति बेला आन्दोलनमा होमिएका एक जेन्जिको जुता सामाजिक संजालमा धेरै चर्चा पाएको छ सोही अनुरुप स्तम्भमा जुत्ताको प्रतीक समेत राखिने जानकारी दिनुभयो । १० फुल लम्बाइ  हुने स्तम्भमा  २८ वर्ष उमेर सम्मका मृतक जेन्जी उमेर युवाको नाम समेत उल्लेख गर्ने गरि नगरपालिकाको प्राथमिकतामा राखेको बताउनु भयो । मेयर थापाले भ्रष्टाचारविरुद्ध ज्यान गुमाउने जेन्जी सदस्यहरूको योगदानलाई नगरले सदैव सम्मान गरने समेत बताउनु भयो । उक्त स्तम्भ मेयर कोषबाट निर्माण गरिने समेत नगरप्रमुख थापाले जानकारी दिनुभयो । अहिले काम भईरहेको छ । परिवर्तनको प्रतिकको रुपमा स्तम्भले सन्देश दिने बताईएको छ ।

हजारौ बर्षपछि पनि जेनजीलाई यो स्तम्भ हेरेर भोलीका दिनमा पनि भ्रष्टचार बढिरहेको अवस्थामा यो स्तम्भले फेरि परिवर्तनको बाटो देखाउने बिश्वास लिईएको छ । यता मेयरको यो कामलाई लिए्र चौतर्फी प्रशंसा देशभर हुन थालेको छ । जिल्लाकै फरक अनि नमुना काम गरेरे चर्चामा रहदै आएका मेयर अजय थापाले कार्यकालको सम्हालेको दिनदेखीनै रचात्मक काम गरि चर्चा आईहरेका छन । यसैबिच यता नेपालका जेनी युवाहरुको कामको प्रंशसा बिश्वभर भईरहेका छ। बिभिन्न देशमा प्रमुखहरुले नेपालका जेनजीको साहसिक कामका साथ देशमा नया सकरात्मक परिवर्तनको लागि कदम चालेको र सफलता पाएको बताईरहेका छन ।यस्तै नेपालमा बनेका सरकारसंग सहकार्य गर्न तयार रहेको अमेरिका ,भारत ,चिन पाकिस्तान लगाएतका देशहरुले भनिसकेका छन ।साथमा अहिलेकी प्रधानमन्त्री सुहिला कार्कीको पनि उत्तिकै चौतर्फि प्रंशसा भईरहेका छ । उनको साहस र आटलाई लिएर बिदेशी राष्ट्रहरु चुनाब सम्पन गराउने देखी अन्य आवश्यक सहयोग गर्ने भनिसकेका छन ।