काठमाडौँ । अन्तरिम सरकारका तीन जना नयाँ मन्त्रीहरूको शपथ सोमबार हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पछिल्लो समय बालेन शाहको कानुनी सल्लाहकार थिए । रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पूर्वअर्थसचिव हुन्।