Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

राष्ट्रपति कार्यालयको प्राङ्गणमा तीन मन्त्रीको शपथ ग्रहण

राष्ट्रपति कार्यालयको प्राङ्गणमा तीन मन्त्रीको शपथ ग्रहण

काठमाडौं, राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार आयोजित एक औपचारिक समारोहमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले तिनै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

शपथ समारोहमा सरकारी निकायका उच्च पदस्थ अधिकारीहरू तथा कूटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति रहेको थियो। नयाँ मन्त्रिमण्डलमा कुलमान घिसिङलाई तीन वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्यालले दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।