Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

बाढी, आन्दोलन र नाका अवरोधले यसपालिको दशैं व्यापार संकटमा

बाढी, आन्दोलन र नाका अवरोधले यसपालिको दशैं व्यापार संकटमा

काठमाडौं, साना व्यापारीदेखि ठूला व्यवसायीसम्म, सबैलाई दशैंको मुखमा बज्रपात परेको छ। दुई महिनाअघिको बाढी, हालको जेनजी आन्दोलन र प्रमुख व्यापारिक नाका बन्द हुँदा बजार सुनसान छ।

दशैं असोज ६ गतेदेखि सुरु हुँदैछ, तर बजारमा नयाँ सामानको अभाव छ। व्यापार ठप्प छ, ग्राहक निराश छन्। भारत र चीनबाट आउने लत्ताकपडा, जुत्ता, श्रृङ्गार सामग्रीलगायतको आयातमा व्यापक समस्या देखा परेको छ।

जेनजी आन्दोलनका कारण थुप्रै दिन पसल बन्द भए, केरुङ र तातोपानीजस्ता मुख्य नाका अझै पूर्णरूपमा सञ्चालनमा छैनन्। मुस्ताङको कोरला नाकामा पनि सयौं कन्टेनर भन्सारमै रोकिएका छन्।

व्यवसायीहरू भन्छन्, “दशैंमा नयाँ लुगा नपाइने अवस्था आयो। स्टकमा रहेका पुराना सामान मात्रै बेच्न बाध्य छौं।” न बैंकबाट कागजात रिलिज भए, न भन्सार छिटो खुल्यो। आर्थिक मन्दीले व्यापार झनै धराशायी बनेको छ।

व्यापार महासंघका अनुसार दशैंपछि मात्रै स्थिति केही सहज हुने सम्भावना छ, तर तबसम्म धेरै व्यापारी ऋणमा डुब्ने चिन्ता व्यक्त गरिँदैछ।