Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार, शुक्रबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा कोसी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

राति, देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।