काठमाडौं, जेनजी प्रर्दनका कारण नेपाल अशान्त बनेपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट बन्द गरेको थियो । तर, फेरि युएईले मंगलबारदेखि कामदार भिसामा पनि रोक लगाएको छ । नेपालबाट सबै भन्दा बडी युबा रोजगारकिा लागी युएई जाने गरेका थिए । अब युएईले भिषा बन्द गरे संगै तनाब सुरु भएको छ । युएईले कहिले सम्म कामदार र भिजिट भिषामा रोक लगाएको हो यो भने प्रस्ट पारेको छैन । तर, धेरै देश मध्य अधिकांश कामदार नेपालबाटै जाने गरेका थिए ।
सुरुमा भिजिट भिसा रोक लगाइएको भए पनि त्यसको भोलिपल्टै कामदार भिसा पनि बन्द हुँदा वैदेशिक रोजगार व्यवसायी र विदेश जान तयारी गरिरहेका युवाहरू समस्यामा परेका छन् । कतिपय म्यानपावर व्यवसायीका अनुसार भिसा प्रक्रियाका लागि कम्पनीहरूले निवेदन पेश गरे पनि आवेदन अस्वीकृत भएको छ । यो संगै धेरै नेपालीको बिल्लीबाठ हुने देखीको छ । कम पढेलेखेका र कम खर्चमा युएई जाने नेपालीको संख्या धेरै थियो । नेपाली कामदारको पहिलो स्थानमा रहेको श्रम गन्तव्य मुलुक नै युएई हो ।
पछिल्लो केहि वर्षदेखि नेपालीको आकर्षक श्रम गन्तव्यमूलुक युएईमा पर्यटन, उत्पादन र सेवासम्बन्धी रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकका लागि नयाँ र राम्रो अवसर सिर्जना गरेका कारण युएईमा नेपाली कामदारको माग बढेको थिायो । नेपालमा हालसालै जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा कैदीबन्दी फरार भएको घटनालाई यससँग जोडेर हेरिएको भए पनि यसबारे आधिकारिक पुष्टि भने भएको छैन।
यसअघि अबुधाबी र दुबई राज्यले नेपालीका लागि भिजिट भिसा रोकिसकेका थिए। त्यसपछि सेवा प्रदायक कम्पनीहरूले सारजाहमार्फत भिजिट भिसा निकाल्दै आएका थिए, तर हाल त्यो सुविधा पनि बन्द भएको छ। हाल यूएईको भिसासम्बन्धी काम ट्राभल्स एजेन्सीले अनुमति लिएर गर्दै आएका छन् । त्यस्तो सेवा दिने ट्राभल्स एजेन्सीहरु नेपाल र दुबईमा सञ्चालित छन् । दुबई इमिरेट्सले गत जनवरीदेखि नै भिसामा कडाइ गरेको थियो । नेपालीहरु भिजिट भिसामार्फत ठुलो सङ्ख्यामा यूएई जाने गरेका थिए । यतिमात्रै होइन भिटिज भिसामै गएर नेपालीहरूले त्यहाँ काम खोजेर वर्किङ भिसामा समेत परिवर्तन हुने गरेका थिए ।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ । तीमध्ये करिब ७० हजार नेपाली नेपालबाट भिजिट भिसामा त्यहाँ पुगेर अहिले वर्किङ भिसामा रूपान्तरित भई कार्यरत रहेको आबुधाबीस्थित नेपाली दूतावासको अनुमान छ । अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ । भिसा रोकका कारण रोजगारीका लागि तयारी गरेका नेपाली मात्र नभई व्यवसायी तथा म्यानपावर कम्पनीहरू पनि अन्यौलमा परेका छन् ।
यसअघि यूएईले इजिप्ट, पाकिस्तान, बंगलादेश, इथियोपिया र युगाण्डाका नागरिकलाई भिसा रोक लगाएको थियो । अहिले भने सोही सूचीमा नेपाल थपिएको छ।