Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

महावीर पुनको पहिलो घोषण:मन्त्री नभन्नु

महावीर पुनको पहिलो घोषण:मन्त्री नभन्नु

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन मन्त्री बन्ने भएपछि पहिलो घोषण गरेका छन । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने पक्का भएको हो ।  मन्त्रीमा सिफारिस भएपछि पुनले बधाई र औपचारिक सम्मानमा समय खर्च नगर्न आग्रह गर्दै सिधै कामको सुझाव पठाउन सार्वजनिक अपिल गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेख्दै कसैलाई पनि फोनमा बधाई छ नभन्न र खादा वा माला लिएर भेट्न नआउन आग्रह गरेका छन्।

उनले आफ्नो घोषणामा लेखेका छन्, ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्नुपर्ने ठोस काम वा आइडियाहरू छन् भने मेरो ह्वाट्सएपमा पठाउनुहोला।’

पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगरिदिन पनि आग्रह गरेका छन्। यदि कसैलाई मन्त्री नै भन्न मन लागेमा कवाडी वैज्ञानिक मन्त्री भन्न अनुरोध गरेका छन्।