Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

केहि हप्ताको मौनतापछि ओली सार्वजनिक, भेटघाटमा कार्यकर्ताको भीड

केहि हप्ताको मौनतापछि ओली सार्वजनिक, भेटघाटमा कार्यकर्ताको भीड

काठमाडौं, झण्डै दुई हप्पताछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन्।

भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा नेता तथा कार्यकर्ताहरूसँग ओलीको भेटघाट भएको हो। सार्वजनिक उपस्थितिमा आए पनि उनले कुनै राजनीतिक टिप्पणी गरेका छैनन्।

ओलीसँग भेट गर्न आएका समर्थकहरू फोटो खिचाउँदै उनीसँगै समय बिताएका छन्। यद्यपि, ओली स्वयं भने मौन नै रहे।

पछिल्लो समय, भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ पछि उत्पन्न संकटका बीच उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। विद्रोह चर्किएपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप, तोडफोड र आगजनीका घटनाहरू भएका थिए, जसले ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

ओलीले राजीनामा दिएपछि सरकार पतन भयो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।

प्रतिनिधि सभा विघटन भइसकेको छ र नयाँ चुनावको मिति आउँदो फागुन २१ गते तय गरिएको छ।