Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नख्खुबाट फरार केदारनाथ शर्मा पुनः पक्राउ

नख्खुबाट फरार केदारनाथ शर्मा पुनः पक्राउ

काठमाडौं, ललितपुरको नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पुनः पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले बुधबार सानेपाबाट शर्मालाई पक्राउ गरी नख्खु कारागारमा पुनः बुझाएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।

शर्मा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राखिएका थिए। उनी यसअघि २०७९ असार १२ मा भारतको मुम्बईबाट पक्राउ परेका थिए।

उनमाथि सहकारी ठगी मात्र नभई २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरण (money laundering) मुद्दा समेत चलाइएको थियो।