काठमाडौँ, अन्तरिम सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल एक्सनमा उत्रिएका छन । अर्यालले के पी शर्मा ओली,शेर बहादुर देउवा,आरजु राण देउवा,रमेश लेखक र दिपक खड्का लगाएतका नेताहरु मुछिएको भ्रष्टाचारको फाइल खोल्न निर्देशन दिएका छन । उनको यो निर्देशन पछि एमाले काग्रेसमा हलचल नै मच्चिएको छ । राजनीतिक आवरणमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने र कारवाही गर्ने उनले चेतावनी दिएका छन । एमाले काग्रेसका नेताहरु विभिन्न भ्रष्टाचारमा मुछिएका छन । उनीहरु यसअघि सत्ता र शक्तिको आडमा उम्किएका थिए। नक्कली भुटानी शरणार्थी,गिरीबन्धु,वाइडबडी,ललितानिवास, ओम्नी प्रकरण लगाएतमा काग्रेस एमाले नेताहरु नै मुछिएका छन।यदि निष्पक्ष रुपमा छानविन भएका ओली देखि आरजु सम्म जेल जानसक्ने निश्चित देखिएको छ । यसअघि यी प्रकरणमा छानबिन गर्ने प्रहरी अफिसरहरुको सरुवा हुँदै आएको थियो ।
सबैभन्दा बढी नेताहरु नेता नक्कली भुटानी शरणार्थीमा जेल पर्ने देखिन्छ । यस प्रकरणमा आरजु देखि ओली सम्मको नाम जोडिएको छ । पछिल्लो पटक एमाले काग्रेसको सरकार बनेपछि आफना काण्डहरु लुकाउन सरकार व्यस्त भएपछि आलोचना निकै सहनु परेको थियो । यो सरकार बिचैमा ढलेपछि सुसीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुगमनपछि पत्रकारहरूसँग कुराकानी गर्दै ओम प्रकाश अर्यालले राजनीतिक कनेक्सनमा रोकिएका सबै फाइल खोलिने बताएका हुन्। शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए। ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो। त्यस्तो अब हुँदैन,’ मन्त्री अर्यालले भने, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्सन गर्न पनि सकिँदैन।’
जेन–जी आन्दोलनमा क्षति भएको महाराजगञ्जस्थित सीआईबीको कार्यालयको अवलोकनमा पुगेका गृहमन्त्रीले सीआईबी प्रमुख मनोज केसीलाई भ्रष्टाचारका विषयमा अनुन्धानमा भएका अवरोधहरू अब फुकाउन निर्देशन दिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका एआइजी मनोज केसीलाई सिआइबीमा ल्याएको छ । मनोज केसीले यसअघि नक्कली भुटानी प्रकरणको अनुसन्धान गदैँ ठुलै नेताहरुलाई जेल हालेका थिए । उनले विभिन्न प्रकरणको अनुसन्धान गरेपछि सरकारले पटक पटक सरुवा गदैँ दुख दिएको थियो ।