Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

१४ वर्षिय जेन जी गायिकाले ल्याइन जेन जीहरुको माग सम्बोधन गर्ने गीत (भिडियो सहित)

१४ वर्षिय जेन जी गायिकाले ल्याइन जेन जीहरुको माग सम्बोधन गर्ने गीत (भिडियो सहित)

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीको सत्ता पल्टाउने गरेर गत भदौँ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनले उठाएको माग जस्ताको तस्तै बोकेर नयाँ गीत सार्वजनिक भएको छ । झापाकी एक १४ वर्षिय जेन्जी गायिका युग श्री मिश्रले गायको उक्त गीतले हाम्रो देश नेपालको विकास,समृद्धि,राजनीतिक अस्थिरता र भ्रष्टाचारको अन्त्य सँगै बलात्कारी र देशद्रोहीलाई फाँसिको सजाय दिने कानुन बनाउनु पर्ने आवाज गीतले उठाएको हो ।

yugashree11.jpg

यस्तै राजनीतिक अस्थिरता र भ्रष्टाचार अन्त्यको लागी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चयन गर्न संविधान संशोधन गर्नुपर्ने र सुगौली सन्धीबाट छुटेको नेपाली भुभागमा रहेका नेपालीभाषी हरूको नेपाली भावनालाई पनी नेपालमा जोड्न कुनै न कुनै व्यवस्था गर्नु पर्ने माग गीत मार्फत गरिएको छ ।  गीतकार कृष्ण प्रसाद मिश्रले लेखेको गीतले हरेक किशोरकिशोरीहरुको पढेर बढेर यहीँ बस्न र केही गर्न सक्ने वातावरण बनाउनु पर्ने कुरामा जोड दिएको छ ।  गीतमा बिषम आचार्यको संगित रहेको छ ।

गीत तलको लिङ्कमा गएर हेर्न सकिन्छ ।