Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

मन्त्री भए पनि सुरक्षा नलिने महावीर पुन , ट्याक्सी चढेर फर्किए पोखरा घर

मन्त्री भए पनि सुरक्षा नलिने महावीर पुन , ट्याक्सी चढेर फर्किए पोखरा घर

काठमाडौं, महावीर पुन सुरक्षा नलिइ पोखरा पुगेको खुलेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुन  बिना सुरक्षा पोखरा पुगेको पाइएको हो । निकै सामान्य जीवनशैली बाँच्ने पुनले मन्त्री बनेपछि पनि आफुलाई सुरुक्षा नचाहिने बताइसकेका छन । शिक्षा मन्त्रालयबाट आज बिहान निस्केका पुन जहाज मार्फत पोखरा पुगेको र पोखरा एयरपोर्टबाट सामान्यरुपमा ट्याक्सी चढेर घर गएको खुलेको हो । जेन जी हरुको आन्दोलनले तत्कालिन ओली सरकार ढलेपछि सुसीला कार्की नेतृत्वको सरकार बनेको थियो,उनी कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री रहेका छन । किताब बेच्दै हिडेका पुनलाई जेन जीहरुको समर्थनमा नै मन्त्री बनेका हुन । आफनो साद्गी जीवनशैली र इमान्दारीका कारण पुनले सबैको मन जितेका छन ।

मन्त्रालयका कर्मचारीका अनुसार पुन बिहान पोखरा जान निस्किएको र ‘पीएसओ' पनि नलिइ गएको बताएका छन । पुन पोखरा आउने कसैलाई थाहा नभएको र सर्वसाधारण नागरिक जसरी नै पोखरा एयरपोर्टबाट ट्याक्सी चढेर घर गएको कर्मचारीको भनाई छ । मन्त्री पुन पोखराको नदीपुरमा गएका हुन् । मन्त्री भएपछि उनी केसरमहलस्थित मन्त्रालयमै बस्दै आएका छन । शिक्षामन्त्री महावीर पुनले राज्यकोषबाट सेवा सुविधा नलिने घोषणा गरेका छन्। गत पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ ।

प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए । भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा आगजनी भएपछि अस्थायी रुपमा ठमेलस्थित केसर महलमा सारिएको छ । केसर पुस्तकालयसँगैको उक्त भवनको पहिलो तलामा शिक्षा मन्त्रालयको कार्यकक्ष स्थापना गरिएको छ ।मन्त्री पुनले सोमबार शपथपछि कार्यकक्षमा पदभार ग्रहण गर्दै सचिव चुडामणि पौडेललाई आफ्नो लागि गाँस, बासको व्यवस्था पनि मन्त्रालयभित्रै मिलाइदिन आग्रह गरेका थिए ।

२४ सै घण्टा मन्त्रालयमा बसेर काम गर्ने उनले घोषणा गरेका थिए । मन्त्री पुनले मन्त्रालयभित्रै सुरक्षाकर्मीलाई पनि सँगै बस्ने प्रस्ताव गरेका थिए । मन्त्रालयको काममा मात्रै सरकारी गाडीको सुविधा लिने उनको भनाइ छ । ‘माथि रिपोर्ट गर्नु मन्त्रालयबाट बाहिर निस्केको बेला मेरो पछिपछि आउन पर्दैन,’ साथमा खटिएका सुरक्षाकर्मीलाई उनले भनेका थिए । मन्त्रालयका प्रवक्ता सापकोटाले सुरक्षाकर्मीलाई समेत मन्त्रालयभित्रै बस्ने ठाउँको प्रबन्ध मिलाइएको बताए ।