Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संयुक्त अरब इमिरेट्स (युएई)ले भिजिट भिसाका लागि नयाँ कडा नियम लागू गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई)ले भिजिट भिसाका लागि नयाँ कडा नियम लागू गरेको छ।

काठमाडौं, अबदेखि युएईमा परिवार, आफन्त वा साथीभाइलाई भिजिट भिसामा बोलाउन चाहने व्यक्तिको आम्दानी स्रोत प्रमाणित रुपमा बलियो हुनुपर्नेछ। युएई सरकारले यो नियम भिजिट भिसा प्रक्रियामा पारदर्शिता ल्याउन र दुरुपयोग रोक्नका लागि लागू गरेको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार, स्पोन्सर गर्ने व्यक्तिको न्यूनतम मासिक आम्दानी चार हजारदेखि पन्ध्र हजार दिरामसम्म हुनुपर्नेछ, जुन सम्बन्धको प्रकृतिमा भर पर्छ। यदि बुबा–आमा, श्रीमान–श्रीमती वा छोराछोरीलाई युएई बोलाउन खोजिएको हो भने स्पोन्सर गर्ने व्यक्तिको मासिक आम्दानी कम्तीमा चार हजार दिराम हुनुपर्नेछ।

त्यस्तै, हजुरबा–हजुरआमा, दाजुभाइ–दिदीबहिनी, नातिनातिनी वा काका–काकी, मामा, फुपू लगायतका अन्य आफन्तहरूलाई बोलाउन चाहिने न्यूनतम तलब आठ हजार दिराम तोकिएको छ। यसबाहेक, यदि कुनै नातेदार नभएका साथीभाइलाई घुमाउन युएई लैजान खोजिएको हो भने भने स्पोन्सरको मासिक तलब पन्ध्र हजार दिराम हुनुपर्नेछ।

भिजिट भिसाका लागि आवेदन दिँदा सम्बन्ध पुष्टि गर्ने आधिकारिक कागजातहरू पेश गर्नुपर्नेछ। साथै, आवेदकको पासपोर्ट कम्तीमा ६ महिना म्याद भएको हुनुपर्नेछ र फर्किने हवाई टिकट समेत अनिवार्य गरिएको छ।

यस नयाँ नियमको मुख्य उद्देश्य युएईमा भिजिट भिसाको दुरुपयोग कम गर्नुका साथै आगन्तुकको पृष्ठभूमि र यात्रा उद्देश्यबारे स्पष्टता ल्याउनु रहेको बताइएको छ। युएईस्थित सञ्चारमाध्यमहरूका अनुसार, यो नियम हालैदेखि लागू भइसकेको छ।