Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गृहमन्त्रीले बालिकालाई ठक्कर दिएर भागेका एमालेका नेतामाथि अनुसन्धान गर्ने

गृहमन्त्रीले बालिकालाई ठक्कर दिएर भागेका एमालेका नेतामाथि अनुसन्धान गर्ने

काठमाडौँ, गत भदौ २१ गते एमाले विधान महाधिवेशनमा जाँदै गरेको कोशीका एक मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको घटनालाई अहिलेको सरकारले फेरि गम्भिरतासाथ लिएको छ । घटना संलग्नहरुलाई मिलापत्रबाट उन्मुक्ति दीएको थाह पाएपछि अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालले गम्भीर चासो व्यक्त गरेको छन । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि बालिकालाई ठक्कर दिएर भागेर मन्त्रीले अमानवीय व्यबहार गरेको भन्दै चर्को आलोचना भएको बिषयलाई गृहमन्त्रीले अहिले चासो दिएका हुन । गृहमन्त्री अर्यालले ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसरका प्रमुख लगायतलाई घटनावारे चासो व्यक्त गर्दै थप अनुसन्धानका लागि निर्देशन दिएका हुन ।

एमालेको विधान महाधिवेशनमा जाने क्रममा कोशी प्रदेशका आर्थिक मामिलामन्त्री मगर चढेको गाडीले २१ भदौमा हरिसिद्धिमा बाटो काटिरहेकी बालिका उषा सुनार मगरलाई ठक्कर दिएको थियो । सडकमा लडेकी बालिकालाई उद्धार नगरी गाडी भागेको थियो । घटना सार्वजनिक भएपछि त्यसको चातर्फी आलोचना भएको थियो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिबेला बालिकाको उपचार खर्च पार्टीले बेहोरिदिने कुरा भएको भन्दै सामान्य घटनालाई नउचाल्न र राजनीतिकरण नगर्न चेतावनी दिएका थिए, उनको अभिव्यक्तिको पनि चौतर्फी आलोचना भएको थियो । त्यतिबेला  घटनाको केही दिनमै मन्त्रीका गाडी चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भएका थिए ।

 मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बिल तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिए ।  मन्त्री रानाले थप उपचार गर्नुपर्ने भएमा बालिकाको उपचार खर्च बेहोर्ने प्रतिबद्धता गरेपछि घाइते बालिकाका परिवार र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको थियो । घटना भदौ २१ गते शनिबार बिहान सवा ७ बजेको थियो । हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मुख्य सडकमा को १ झ ६९९ नम्बरको गाडीले ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको हो। बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्न लाग्दा गाडीले ठक्कर दिएको थियो। ठक्करपछि बालिका सडकमै पछारिएकी थीन तर गाडी रोकिएन र सोझै अगाडि बढ्यो।

गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई उठाएकी थीन्। मन्त्रीका गाडी चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भएका थिए । त्यसलगत्तै ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेर कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले ११ वर्षीया घाइते बालिकालाई भेटेका थिए । मन्त्रीको गाडीलले बालिकालाई हानेर भागेको विषयमा विधान महाधिवेशनमा बोल्दै अध्यक्ष समेत रहनुभएको ओलीले दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न नहुने बताएपछि थप आलोचनाको बिषयमा यो घटना पुगेको थियो ।