Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

‘मुगलान’को फस्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

‘मुगलान’को फस्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौं, रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली फिल्म ‘मुगलान’ आगामी पुष १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो लुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शत मिति घोषणा गरेको हो।

यो फिल्मको फस्ट लुक्स सार्वजनिक भएको हो। सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। प्रभातले बासुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन्। यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ। उनीहरु फिल्ममा नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमि समेटिएको संकेत गर्छ।
फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमन सिंह यसको निर्माता हुन्। को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन्। फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्। जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।
फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्।

निर्माण टिमका अनुसार ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ। फिल्मको प्रचार–प्रसार अहिले तीव्र गतिमा अघि बढाइएको छ। फिल्मको वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ।